काठमाडौं–सत्तारुढ नेकपाका नेता वामदेव गौतम काठमाडौं ७ मा उपनिर्वाचनमार्फत चुनाव जितेर सांसद बन्ने योजनाबाट तत्कालका लागि पछि हटेका छन् । कान्तिपुरमा खबर छ ।
पार्टीभित्रकै तीब्र विरोध र क्षेत्रका स्थानीय नेता एव् सर्वसाधारणबाट समेत व्यापक आलोचना भएपछि गौतम तत्कालका लागि पछि हटेका हुन् ।
उनले विहीबार स्थानीय नेताहरुलाई अब आफू तत्कालका लागि सांसद बन्ने योजनाबाट पछि हटेको सन्देश पठाएका छन् ।
स्थानीय जनमत र पार्टीभित्रको अवस्था लगायतको कारण देखाउँदै उनले तत्कालका लागि सांसद बन्ने दिशामा नलाग्ने उल्लेख गरेको स्थानीय नेताले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया