काठमाडौं– शिक्षा विकास तथा समन्वय इकाई, पर्साका इकाई प्रमुख (उपसचिव) लालबाबु साह रु ४० हजार घुससहित अख्तियारको फन्दामा परेका छन् ।
सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा आयोगको कार्यालय हेटौंडा मकवानपुरबाट खटिइ गएको टोलीले उनलाई वीरगंज महानगरपालिका वडा नं १४ स्थित निवासबाट नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता रामेश्वर ढंगालले जानकारी दिए ।
विद्यालयको भवन निर्माणका लागि निकासा भएको रकम विद्यालय खातामा हस्तान्तरण भएपछि बैङ्कमा रोक्का भएको रकम फुकुवा गर्ने प्रयोजनको लागि उनले घुस लिएको अख्तियारले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया