निर्मला प्रकरण : विज्ञसँग छलफल

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाका सम्बन्धमा बुधबार अपराध अनुसन्धान विज्ञहरूसँग छलफल गरेको छ ।

कार्यवाहक अध्यक्ष प्रकाश वस्तीसहित पदाधिकारीले नेपाल प्रहरीका पूर्वएआईजीद्वय राजेन्द्रबहादुर सिंह र विज्ञानराज शर्मा, पूर्वडीआईजीद्वय रमेश खरेल र बमबहादुर भण्डारी, पूर्वनायब महान्यायाधिवक्ताहरू नरेन्दप्रसाद पाठक, सूर्यप्रसाद कोइराला र ठोकप्रसाद शिवाकोटीलाई आयोगमा बोलाएर छलफल गरेका हुन् । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?