गिट्टी बोकेर भारतबाट ‘ब्लास्ट’ रेल जनकपुर आइपुग्यो

धनुषा । रेल्वे लिकमा प्रयोग हुने गिट्टी बोकेर भारतबाट ‘ब्लास्ट’ रेल जनकपुर आइपुगेको छ । 

बुधबार दिउँसो भारतको झारखण्डबाट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) ब्लास्ट बोकेको ५३ -याकसहित रेल जनकपुर आइपुगेको हो । 

तयारी अवस्थामा रहेको लिकभित्र राख्न ब्लास्ट भारत पाखौर झारखण्डबाट मालबाहक रेलमा ल्याइएको रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख इन्जिनियर विनोद कुमार ओझाले बताए ।

प्रतिघण्टा १० किलोमिटरको गतीमा आएको मालवाहक रेलको -याकमा लोड गरिएको ब्लास्ट मजदुरहरुले लिकमा झार्दै जनकपुरसम्म आइपुगेका थियो ।

भारत सरकारको सहयोगमा निर्माण भएको कर्था–जनकपुर–जयनगर रेल्वे अन्तर्गत जयनगरबाट जनकपुरसम्म मालबाहक रेल आएको हो । 

भारतीय निर्माण कम्पनी इरकोन इन्टरनेसनलले ब्रोडगेज रेल सञ्चालनका लागि लिक बनाएको हो । 

ब्रोडगेज रेल सञ्चालनमा आएपछि जयनगरदेखि कुर्थासम्मको ३५ किलोमिटरको दूरी आधा घण्टामा पूरा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?