बझाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १२ घाइते

बझाङ । बझाङको बुङ्गल नगरपालिकामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको  । 

दुर्घटनामा १२ जना घाइते छन् ।

बागथलाबाट बिजगडा जाँदै गरेको से १ ज ७२६ नम्बरको जीप मंगलबार बिहान ६ः३० बजे बुङ्गल नगरपालिकाको ठिमीबगर भन्ने ठाउँमा दुर्घटना भएको हो । जीपमा चालकसहित १४ जना सवार थिए ।

कञ्चनपुर बेदकोट–५ बस्ने ५६ वर्षीय धनबहादुर बोहरा र ६५ वर्षीया विष्नादेवी बोहोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

दुर्घटनामा घाइते भएकाहरुको उद्धार गरि उपचारका लागि पठाइएको छ । जीप सडकबाट करिब २ सय मिटर तल खसेको हो ।  दुर्घटनाको कारण भने खुलेको छैन् । 

प्रहरीले घटनाबारे अनुसन्धान  गरिरहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?