किराना पसलमा आगलागी, क्षतिको विवरण आउन बाँकी

चितवन ।  भरतपुर महानगरपालिका–१० अस्पताल रोडस्थित दुर्गामणि गौतमको घरमा गए राति आगलागी भएको छ । 

आगलागीबाट होटल, दूध डेरी र किराना पसलमा क्षति पुगेको हो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिका र कावासोती नगरपालिकाको दमकल, प्रहरी, सेना, सशस्त्र प्रहरी, स्थानीयवासीले आगो निभाएका थिए । 

प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार छाहारी होटल, पौडेल दूध डेरी र किराना पसल पूर्ण रुपमा क्षति भएको छ । 

ग्यास चुहिएर होटलमा आगलागी भएको बताइएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?