उपत्यकाका तीन प्रहरी वृत्त प्रमुख फेरिए

काठमाडौं–प्रहरी प्रधान कार्यालयले उपत्यकाका तीनवटा प्रहरी वृत्तका प्रमुख हेरफेर गरेको खबर आजको राजधानी दैनिकमा छापिएको छ ।
महानगरीय प्रहरी वृत्त बौद्धमा महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी नरेन्द्र चन्दलाई खटाइएको छ ।
त्यसैगरी, महानगरीय प्रहरी वृत्त सातदोबाटोमा डीएसपी गौतम मिश्रलाई पठाइएको छ । सातदोबाटोका डीएसपी विनोद सिलवाललाई प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा सरुवा गरी उनको ठाउँमा मिश्रलाई ल्याइएको हो ।
यसैगरी, महानगरीय प्रहरी वृत्त थानकोटमा डीएसपी कुमारविक्रम थापालाई पठाइएको छ । थानकोट वृत्तका डीएसपी नवरत्न पौडेल संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जाने भएपछि उनको ठाउँमा थापालाई पठाइएको हो ।
प्रहरीको प्रत्यक्ष संलग्नता देखिने घटना बढ्दै गएपछि प्रधान कार्यालयले उपत्यकाका तीन वृत्तका प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?