काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा) ले आफ्ना माग पूरा गर्न सरकारलाई दसैंसम्मको अल्टिमेटम दिएको छ ।
माग पूरा नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी पनि राजपाले दिएको छ । सबै जिल्लामा सीडीओमार्फत जिल्ला संयोजकले र काठमाडौंमा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले प्रधानमन्त्री केपी ओलीलाई सोमबार ज्ञापनपत्र बुझाएका थिए ।
सांसद रेशम चौधरीको शपथ हुनुपर्ने, संविधान संशोधन गर्नुपर्ने र कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता गरी रिहा गर्नुपर्ने राजपाका मुख्य माग छन् । कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया