काठमाडौं। बर्खायाममा सक्रिय हुने मनसुन नेपालबाट गत शुक्रबारदेखि बाहिरिएसँगै देशभर चिसो बढ्नेक्रम सुरु भएको छ ।
मनसुनी वायु बाहिरिएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्दै गएपछि चिसो बढ्नेक्रम सुरु भएको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानांगले जानकारी दिए । यो समयमा पश्चिमी चिसो वायुको प्रभाव कायम रहन्छ ।
आइतबार दिउँसो मुलुकको पूर्वी र मध्य पहाडी क्षेत्रमा मौसम आंशिक बदली भई एक–दुई स्थानमा हल्का वर्षा भएको महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको थियो । राजधानी दैनिकमा खबर छापिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया