अवैध सम्पत्ती आर्जनमा ठाकुरविरुद्ध भ्रष्ट्राचार मुद्दा

काठमाडौँ–अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले तीन करोड रुपियाँभन्दा बढी अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय रूपन्देहीका कार्यालय प्रमुख सुरेश ठाकुरविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।

ठाकुरले अवैधरूपमा तीन करोड १८ लाख ७३ हजार ७२० रुपियाँ आर्जन गरेको ठहर गर्दै आयोगले आइतबार रकम जफतको मागदावीसहित विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो ।
प्रमुख ठाकुरले निर्माण व्यवसायीसँग विभिन्न बहानामा रकम माग गर्ने र रकम नदिएको खण्डमा अनावश्यक दुःख दिई आजित बनाएको तथा सार्वजनिक पदमा बहाल रहँदा आर्जन गरेको स्रोत नखुलेको सम्पत्ति सम्बन्धमा आयोगले अनुसन्धान गरेको थियो । आजको गोरखापत्र दैनिकले खबर छापेको छ ।

आयोगका प्रवक्ता रामेश्वर दंगालका अनुसार, सोही अवधिमा ठाकुर र उहाँका परिवारका सदस्यको चल अचल सम्पत्ति एवं शेयर लगानी, बीमा, बैङ्क मौज्दातमा तीन करोड ९३ लाख ७४ हजार ९२८ रुपियाँ देखिएको छ । ठाकुरको वैध आयभन्दा बढी तीन कारोड १८ लाख ७३ हजार ७२० रुपियाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएको छ । 
यसका अतिरिक्त ठाकुरले सार्वजनिक सेवाको पदमा रहेर गैरकानूनी रूपमा आर्जन गरी, स्रोत पुष्टि हुन नसकेको सम्पत्ति उहाँकी श्रीमती अनिता ठाकुरको नाममा राखेको जानकारी पनि आयोगले दिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?