काभ्रे–काभ्रेको पनौती नगरपालिका–१० खोपासी घर भई बेथानचोक गाउँपालिका–४ शङ्कर पहरीलाई दुई जना छात्रालाई पटकपटक यौन दुव्र्यवहार र बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
मावि तहसम्म अङ्गे्रजी विषय अध्यापन गर्ने ३१ वर्षीय शिक्षक पहरीलाई पीडितको जाहेरीका आधारमा गत शुक्रबार पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय काभे्रका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले बताए ।
शिक्षक पहरीले आफ्नै विद्यालयको कक्षा ५ मा अध्ययनरत नौ वर्षका दुई जना छात्रालाई पटकपटक यौन दुव्र्यवहार र करणी गरेको जाहेरीमा खुलाइको छ ।
जाहेरीमा शिक्षक पहरीले केही महीनादेखि ती दुवै छात्रालाई खाजा खाने समय तथा कक्षाकोठामा अरु विद्यार्थीलाई गृहकार्य गर्न लगाई अन्तिम बेञ्चमा आफूबीचमा बसेर उनीहरुलाई दुव्र्यवहार गर्ने गरेका थिए ।
यस्तै शिक्षक पहरीले स्कुलबाट छुटेर घर जाने समयमा दुईमध्ये एक छात्रालाई एकअर्काले थाहा नपाउने गरी स्कुल तथा बाटोमा एकान्त बनाई ललाइफकाइ बलात्कार गर्ने गरेको उल्लेख गरिएको छ ।
पहरीले गत मङ्गलबार अन्य शिक्षक र विद्यार्थी घर गएपछि एक बालिकालाई स्कुलमै राखेर जबर्जस्ती करणी गरेको र घर पुगेपछि ती बालिकाले आफ्नो आमालाई बताएपछि घटना बाहिर आएको थियो ।
मङ्गलबारको घटनापछि बुधबार अर्की एक बालिकाले पनि ‘मलाई पनि शङ्कर सरले त्यस्तै गर्नुहुन्छ’ भनेपछि दुवै बालिकाको तर्फबाट बिहीबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरिएको हो । पीडित बालिकालाई हाल सुरक्षित स्थानमा राखी स्वास्थ्य परीक्षण भइरहेको काभे्रपलाञ्चोक प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया