काठमाडौं । कञ्चनपुरको महेन्द्रनगरमा बलात्कारपछि हत्या भएकी १३ वर्षीय बालिका निर्मला पन्त प्रकरणसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ ।
गृह मन्त्रालयले आधिकारिक वेबसाइट http://moha.gov.np बाट उक्त प्रतिवेदन सार्वजनिक गरेको हो । कारगार व्यवस्थापन विभागका प्रमुख सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा भदौ ७ गते निर्मला हत्या घटनाको छानविन गर्न उच्चस्तरीय समिति गठन भएको थियो । गृह प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार करीब ३७ पृष्ठको उक्त प्रतिवेदन सर्वसाधारणले समेत हेर्न पाउने गरी वेबसाइटमार्फत सार्वजनिक गरिएको हो ।

गत साउन १० गते बेपत्ता भएकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको अवस्थामा साउन ११ गते शव फेला परेको थियो ।
यस्तो छ प्रतिवेदनको पूर्ण पाठः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया