शिक्षकद्वारा दुई बालिका बलात्कृत

काभ्रे । काभ्रेमा दुई बालिकालाई बलात्कार गरेका आरोपमा एक शिक्षक पक्राउ गरेका छन् । 

सामाजिक तथा नैतिक शिक्षा बढाउने शिक्षकले कक्षा ५ मा अध्ययनरत ९ वर्षीया दुई जना छात्रालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा शिक्षक शंकर पहरी छन् । 

पीडितको जाहेरीका आधारमा शिक्षक पहरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय काभ्रेका रविराज खड्का अनुसार थप अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराइएको छ ।

प्रहरी प्रमुख खड्काले भने, ‘९ वर्षका २ जना बालिकालाई करणी र दुर्वयवहार गर्ने शिक्षक पहरीलाई अदालतबाट ७ दिनको म्याद थपिएको छ ।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?