चोरी नस्विकार्दा निर्घात कुटपिट

धनुषा–मोटरसाइकल चोरी गरेको आरोप स्वीकार नगर्दा प्रहरीले जनकपुर अञ्चल अस्पतालमा कार्यरत कर्मचारीलाई निर्घात कुटपिट गरेको छ । लक्ष्मीनिया गाउँपालिका–७, कुम्हरौडाका ज्ञानकुमार झालाई प्रहरीले कुटेको हो ।

शुक्रबार दिउँसो पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा बुट, लाठी र मुक्काले कुटिएको थियो । झाको घाँटी र शरीरमा गहिरो डाम छ । कुटपिटबाट घाइते उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?