काठमाडौं– डीएसपी श्यामकुमार राई केही महिनाअघिसम्म घुस लिने कर्मचारीलाई पक्रिँदै हिँड्थे ।
उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ‘स्टिङ अपरेसन टीम’ मा थिए । तर, शनिबार आफैं अख्तियारको ‘स्टिङ अपरेशन’ को फन्दामा परेका छन् ।
महानगरीय प्रहरी बृत्त बौद्धको कार्यालयबाटै उनी एक लाख ४० हजार घुससहित पक्राउ परेका हुन् । अख्तियारका एसपी प्रवीण पोखरेल नेतृत्वको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो । उनले बालुवामा सेटिङ मिलाइदिने भन्दै घुस लिएका थिए । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया