काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महानगरीय प्रहरी वृत बौद्धका डिएसपीलाई पक्राउ गरेको छ । शनिबार साँझ डीएसपी श्याम कुमार राईलाई घुस रकमसहित पक्राउ गरिएको अख्तियार प्रवक्ता रामेश्वर ढंगालले पुष्टि गरे ।
राईलाई रु एक लाख ४० हजार घुससहित साँझ ८ बजे कार्यालयबाटै पक्राउ गरेको हो । दङ्गालले भने, “एक व्यवसायीबाट घुस लिँदालिँदै आयोगको टोलीले उहाँलाई पक्राउ गरेको हो, यसबारे थप अनुसन्धान भइरहेको छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया