चक्रपथ सरसफाई अभियान : स्वयम्भू क्षेत्रमा सरसफाई

काठमाडौं । चक्रपथ सरसफाई कार्यक्रम अन्तर्गत शनिबार स्वयम्यू क्षेत्रमा सरसफाई गरिएको छ । 

सो अवसरमा सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, कलाकार हरिवंश आचार्य, श्रीकृष्ण सिंखडा, बाग्मती सफाई अभियानअन्तर्गतका विभिन्न टोल सुधार समिति तथा क्लब, नेपाली सेनाका साथै करीब ५ सयका हाराहारीका सर्वसाधारणको सहभागिता रहेको अभियानका संयोजक ताराबहादुर कुँवरले जानकारी दिए । 

चक्रपथ सरसफाई सँगै जनचेनता अभिवृद्धिको लक्ष्यसहित थालिएको अभियान निरन्तर जारी रहने बताइएको छ ।

सरसफाई पनि आयोजित दशैँ तिहार र छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अभियानमा सक्रिय विभिन्न व्यक्ति र संस्थालाई सम्मान समेत गरिएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?