नेकपाको विवाद मिलाउने प्रयास, आइतबार सचिवालय बैठक

काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालयको बैठक आइतबार बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शुक्रबार भएको छलफलबाट बैठक मिति तय भएको हो ।  गोरखापत्रमा खबर छापिएको छ ।

पार्टीको जनवर्गीय सङ्गठन, विभाग लगायत तल्ला समितिको एकीकरणको विषयमा छलफल हुनुको साथै सरकारको काम कारबाहीको बारेमा सचिवालयमा छलफल हुने बताइएको छ । पार्टीभित्र पछिल्लो समय देखिएको आन्तरिक विवादका विषयमा पनि सचिवाललयमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?