काठमाडौंको जुवा खालमा प्रहरीको छापा, छतबाट हामफाल्दा २ जनाको मृत्यु

काठमाडौं –राजधानीको मूलपानीमा रहेको अवैध जुवा घरमा महानगरीय प्रहरी परिसर काठमाडौंले छापा मारेको छ।
प्रहरीले कारवाही गरिरहेका बेला छतबाट हाम फालेर भाग्न खोज्ने २ जनाको ज्यान गएको छ ।

जुवाको घरबाट भाग्न खोज्ने दुइ जनको मृत्यू भएको एसएसपी बसन्तकुमार लामाले जानकारी दिए । गम्भीर घाइते उनीहरुको उपचारका क्रममा बीएण्डी अस्पतालमा मृत्यु भएको हो ।
प्रहरीले सो जुवाघरबाट २३ जनालाई नियन्त्रणमा लिएको  पनि बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?