काठमाडौं । काठमाडौं उपत्यकाभित्र सार्वजनिक माइक्रो बसका चालकहरुले सवारी चलाउँदा अबदेखि ज्याकेट लगाउनुपर्ने भएको छ । ट्राफिक महाशाखाले सार्वजनिक माइक्रो चालकले सुन्तला रंगको र सह–चालकले हरियो रंगको फ्लोरोसेन्ट ज्याकेट लगाउनुपर्ने जनाएको हो ।
आज बसेको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख बसन्तकुमार पन्त, नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला, माइक्रो बससँग सम्बन्धित पदाधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
केही महिनादेखि भाडाका ट्याक्सी चालकले पनि अनिवार्य रुपमा यस्तो ज्याकेट लगाउने नियम ल्याइएको थियो । साझा यातायात लगायतका केही संस्थाहरुले भने पहिलेदेखि नै चालक र सह–चालकलाई फ्लोरोसेन्ट ज्याकेट लगाउनुपर्ने नियम बनाएका छन् ।
मसिंर १ गतेदेखि माइक्रो बस चालकमा लागेको नियम कडाइका साथ कायान्र्वयन गरिने पनि ट्राफिक महाशाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया