नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा भारतीय नागरिक पक्राउ

ललितपुर । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । 

जिल्ला ललितपुर महांकाल गाउपालिका वडा नं. २ बस्ने १३ वर्षीया बालिकालाई भारत घर भई सोही ठाउँ डेरा गरी बस्ने बब्लु कुमार माझिलाई इलाका प्रहरी कार्यालय टुंगुनले पक्राउ गरेको हो । 

१३ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गर्न खोजेको भन्ने सूचनाका आधारमा बिहीवार बिहान टुंगुन प्रहरीले पक्राउ गरेको हो । 

माझिलाई थप अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी वृत्त चापागाउँ पठाउने क्रममा ६०–७० जनाको समूहले निजलाई हातपात गर्ने प्रयास गर्दा प्रहरीले रोक्ने क्रममा त्यही मौकाको फाइदा उठाई निज अभियुक्त फरार भएका थिए । 

अभियुक्त फरार भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त चापागाँउबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा खटेको छुट्टाछुट्टै प्रहरी टोलीले फरार अभियुक्तलाई पुनः पक्राउ गरेको हो ।  

त्यस्तै अभियुक्त फरार भएपछि स्थानीयवासीहरुले गरेको प्रदर्शनका क्रममा इलाका प्रहरी कार्यालय टुंगुनको भवनमा क्षती पुगेको छ । 

अहिले स्थानिय जनप्रतिनिधि, स्थानियवासीसँग छलफल गरी कानूनी कारवाही अघि बढाउने तथा फरार अभियुक्तको खोजतलास गर्ने सहमति भएको थियो ।  

महाकाल गाउँपालिका ३ माथिल्लो गोटीखेलस्थित कुखुरा फर्ममा लुकिछिपी बसेको अवस्थामा शुक्रबार बिहान महानगरीय प्रहरी वृत्त चापागाँउ प्रहरीले पक्राउ गरेको हो । 

पुनः पक्राउ परेका माझीलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी महानगरीय प्रहरी वृत्त चापागाउँ ल्याईएको छ । साथै अभियुक्त माझिमाथि थप अनुसन्धानको कार्य जारी रहेको महानगरी प्रहरी कार्यालयका प्रहरी उपरिक्षक शेखर खनालले बताए । 
                     

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?