‘अब विश्व नै कुटुम्ब’

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले अब विश्व समुदाय नै नेपालको कुटुम्ब भएको बताएका छन् ।  

संयुक्त राष्ट्रसंघको ७३औं महासभामा भाग लिएर बिहीबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले भ्रमण सफल र फलदायी भएको दाबी गर्दै भारत र चीनसँगको सम्बन्ध नयाँ उचाइमा पुगेका बेला अब विश्व समुदायसँग पनि नेपालको सम्बन्ध एउटा परिवारका रूपमा प्रस्तुत गर्न थालिएको दाबी गरे ।

‘भारतसँगको सम्बन्ध बेग्लै उचाइमा सार्वभौम समानताको आधारमा अगाडि बढाइएको छ, चीनसँगको सम्बन्ध त्यसरी नै बढाइएको छ ।’ प्रधानमन्त्री ओलीले त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा सञ्चारकर्मीहरूसँग भने, ‘हामीले अब दुई छिमेकी मात्र होइन, ‘वसुदैव कुटुम्बकम्’ भनेझैं विश्व नै छिमेक हो, विश्व नै परिवार होजस्तो अन्तर्राष्ट्रिय क्षेत्रमा पनि आफूलाई प्रस्तुत गर्न थालेका छौं ।’

प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय क्षेत्रमा सरकारले राम्रो काम गरेको ;d]t बताएकाे खबर राजधानी दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?