प्रधानमन्त्री ओली स्वदेश फकिँदा विमानस्थलमा जे देखियो, ६ तस्बिरमा हेर्नुहोस्

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका र कोस्टारिकाको भ्रमण पूरा गरी बिहिबार स्वदेश फर्किएका छन् ।  उनलाई स्वागत गर्न कार्यबहाक प्रधानमन्त्री इश्वर पोखरेलसहित नेकपाका नेताहरु पुगेका थिए भने सेनाको एक टुकडीले सम्मान गारथ दिएको थियो ।
 प्रधानमन्त्री ओलीले न्यूयोर्कमा राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनलाई सम्बोधन गरेका थिए  भने सान होजेमा कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग दुईपक्षीय भेटवार्ता गरेका थिए ।
उनले सान होजेमै शान्ति विश्वविद्यालयले (युनिभर्सिटी फर पिस) प्रदान गरेको मानार्थ डाक्टरको उपाधि स्वीकार गरेका थिए ।

प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उनका प्रमुख सल्लाहकार विष्णु रिमाल, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेका थिए । 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?