विश्वभर सेल्फी लिँदा ज्यान गुमाउनेको संख्या २ सय ५९

काठमाडौं । विश्वभर सेल्फी लिँदा ज्यान गुमाउने मानिसको संख्या २ सय ५९ पुगेको छ । 

जर्नल अफ फ्यामिली मेडिसिन एण्ड प्रामरी केयरमा प्रकाशित एक अध्ययन अनुसार सन् २०११ यता लगभग २ सय ५९ मानिसहरुले सेल्फी लिँदा विश्वभर ज्यान गुमाएका हुन् । 

दिल्लीस्थित एम्सका अनुसन्धानदाताहरुले २०११ अक्टोबरदेखि २०१७ नोभेम्बरबीच सेल्फीका कारण भएको मृत्युको समाचार रिपोर्टहरु संग्रहबाट यो कुरा प्रकाशमा आएको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?