रुपन्देही । आठ लाख ७८ हजार ४ सय रुपैयाँसहित बुटवलबाट दुई भारतीयसहित एक नेपाली नागरिक पक्राउ परेका छन् ।
बुटवलको होटलमा बस्दै आएका दुई भारतीय र एक नेपाली नागरिक अवैध नगदसहित बिहीवार पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यलय बुटवलका प्रहरीले गञ्जरोडमा रहेको ग्राण्ड होटलबाट ४ लाख ३० हजार २ सय ५० भारतीय र एक लाख ९० हजार नेपाली रुपैयाँसहित उनीहरुलाई होटलबाटै पक्राउ गरिएको हो ।
प्रहरी नायव उपरीक्षक डिल्ली बहादुर मल्लका अनुसार विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको बताए ।
तीनै जनालाई अनुसन्धानको लागि इलाका प्रहरी कार्यलय बुटवलमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया