वर्षेनी २ हजार भन्दा बढीले पढ्छन् चिकित्सा शिक्षा

काठमाडौँ–नेपालमा वर्षेनी २ हजार ३ सय ६० जना बिद्यार्थीले चिकित्सा शिक्षा अध्ययनका लागि प्रवेश पाउने गरेको पाइएको छ । त्रिभुवन विश्व विद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान, काठमाडौ विश्वविद्यालय र विपि केएचएस धरानमा गरी उल्लिखित विद्यार्थीले उक्त शिक्षा अध्ययन गर्ने गरेका हुन् ।

त्रिविमा प्रवेश परिक्षा दिई पास भएका ४ हजार ५ सयमध्ये ५ सय ८५ जनाले एमबीबीएस र १ सय ७० जनाले बीडीएसमा भर्ना पाउँछन् । यसमा स्वदेशी, समानुपातिक, छात्रवृत्ति, विदेशी गरी सबै विद्यार्थीले अवसर पाउँछन् । यसवर्ष त्रिविमा मात्र प्रवेश परीक्षाका लागि ९ हजार ७५ जनाले फम भरेकोमा १ सय ८९ जना परिक्षामै सामेल नभएको चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन प्रा.डा.जगदीशप्रसाद अग्रवालले जानकारी गराए ।

यसअन्र्तगत ७ वटा मेडिकल कलेजले चिकित्सा शिक्षाको स्वीकृति पाएका छन्, जसमा पिपुल्स डेन्टल कलेज बाहेक ४ वटा बीडीएस रहेका छन् ।

काठमाडौ विश्वविद्यालयमा यसैवर्ष प्रवेश परिक्षा दिनेमा ८ हजारको संख्या रहेको थियो । यसमा ४ हजार ५ सयले नाम निकालेकोमा उच्चतम अंकका आधारमा भर्ना हुन पाउनेमा एमबीबीएसमा ८ सय ९० जना, बीडिएसमा २ सय ७५ जना र फार्मेसीमा ४० जना रहेका छन् । मेडिकल शिक्षाका लागि एक÷एकवटा नर्सिङ र डेन्टल, ८ वटा मेडिकल कलेज र फार्मेसी रहेका छन् । अाजकाे नेपाल समाचारपत्र दैनिकमा  खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?