भक्तपुर– काठमाडौ भित्रन दिने समय तीन घन्टा बढाएकै दिन साँझ बुधबार भक्तपुरमा टिपरको ठक्करबाट फेरि अर्का एक व्यक्तिको ज्यान गएको छ ।
काभ्रेबाट आइरहेको बा८८प ८५२ नम्बरको मोटरसाइललाई सोही दिशाबाट तीव्र गतिमा आइरहेको बा४ख ३६५० नम्बर टिपरले सूर्यविनायक, पान्डूबजारमा ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा काभ्रेपलाञ्चोक, नमोबृद्ध नगरपालिका–८ डराउने पोखरीका २५ वर्षीय रामकृष्ण श्रेष्ठ छन् ।
घटनापछि आक्रोशित स्थानीयले टिपर जलाइदिएका छन् । आगो निभाउन आएको दमकलमाथिसमेत उनीहरूले ढुंगा प्रहार गरेका थिए । भीड नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । करिब डेढ घन्टापछि टिपरको आगो नियन्त्रणमा आएको थियो । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया