काठमाडौं । भक्तपुरको सूर्यविनायक, पान्डुबजारमा बुधवार साँझ टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको ज्यान गएको छ ।
बा ४ ख ३६५० नम्बरको टिपरले काभ्रेपलाञ्चोकबाट भक्तपुरतिर आउँदै गरेको बा ८८ प ८५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मृतकको परिचय भने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।
स्थानीयवासीले ठक्कर दिने टिपरमा आगो लगाइदिएका छन् । ८ बजेभन्दा अगाडि नै टिपर चलाएको भन्दै आक्रोशित स्थानीयले टिपरमा आगो लगाइदिएका हुन् ।
टिपरको आगो निभाउन प्रयोग गरिएको दमकलमाथि समेत आक्रोशित स्थानीयले ढुंगा प्रहार गरेका थिए । भीड नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास हानेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया