काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीस हजार घुससहित बर्दियाका प्रहरी निरीक्षकलाई पक्राउ गरेको छ ।
अनुसन्धान आयोगले ईलाका प्रहरी कार्यालय, मैनापोखर, बर्दियाका कार्यालय प्रमुख प्रहरी निरीक्षक गणेशसिंह महतालाई ३० हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिइ गएको टोलीले पक्राउ गरेको हो । उनीसँगै स्थानीय महिला संजालकी अध्यक्ष मैया पौडेल पनि पक्राउ परेकी छिन् ।
उनीहरुले पक्राउ परेका व्यक्तिलाई विभिन्न डर धम्की देखाई कार्यालयले गर्नुपर्ने काम कारवाही नगरी पक्राउ परेका व्यक्तिहरुका आफन्तसँग रकम मागरेको उजुरीका आधारमा अख्तियारले पक्राउ गरेको हो ।
निरीक्षक महताले सेवाग्राहीसँग घुस लिइ भ्रष्टाचार गरेको आरोपमा कारबाही हुने प्रहरी कार्यालय, मैनापोखर बर्दियाले जनाएको छ ।
निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर कायम गरी सोही ऐनको दफा ३(१) र दफा ३(१) को देहाय(ख) बमोजिम निरीक्षक महतालाई जरीवाना र कैद सजाय हुने बताइएको छ ।
साथै मैया पौडेलले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा(२) बमोजिमको कसुर बमोजिम निवारण ऐन, २०५९ को दफा ३(२) को आधारमा सोही ऐनको दफा ३(१) र दफा ३(१) को देहाय (ख) बमोजिम जरिवाना र कैद सजाय हुन प्रहरीले जनाएको छ ।
उनीहरु विरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया