पप्पु कन्स्ट्रक्सनको बदमासी: हस्ताक्षर सांसदकै, पुर्जी छोरालाई

वीरगन्ज – टिकुलिया घाटको दुर्घटनाबारे सोधपुछका लागि प्रहरीले पप्पु कन्स्ट्रक्सनका सञ्चालक सुमित रौनियारलाई पक्राउ पुर्जी जारी गर्‍यो । सुमितको नाममा पुर्जी जारी भए पनि उक्त स्थानमा निर्माणाधीन पुलको ठेक्का सम्झौतापत्रमा हरिनारायण रौनियारको हस्ताक्षर छ ।

सुमित हरिनारायणका छोरा हुन् । पक्राउ पुर्जी जारी भएको सात दिन बितिसक्दा पनि सुमितलाई प्रहरीले फेला पार्न सकेको छैन । गएको प्रतिनिधिसभा निर्वाचनमा टिकट पाउने निश्चित भएपछि हरिनारायण संघीय समाजवादी फोरममा प्रवेश गरेका थिए । २०७३ चैत अन्तिम साता केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले पर्साको पोखरियामा आयोजित विशेष कार्यक्रममा रौनियारलाई टीका र माला लगाएर पार्टी प्रवेश गराएका थिए ।

चुनावी अभियानका क्रममा प्रतिस्पर्धीले रौनियारलाई पप्पु कन्स्ट्रक्सनको सञ्चालकका रूपमा कुप्रचार गर्न थालेपछि उनले छोरा सुमितलाई कागजी सञ्चालक बनाएका थिए । त्यसैको आधारमा रौतहट प्रहरीले उक्त दुर्घटनापछि सुमितलाई सोधपुछका लागि बोलाएको हो । गत भदौ ९ गते रौतहटको गौर नगरपालिका–४ स्थित टिकुलिया घाटमा डुंगा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?