बेपत्ता भएको चार दिनपछि मृतावस्थामा फेला

इनरुवा ।  विगत चार दिनदेखि घरबाट बेपत्ता भएका सुनसरी इटहरी उपमहानगरपालिका–११ का १६ वर्षीय इन्ताज खानको शव आज बिहान फेला परेको छ । 

सुनसरी खनारस्थित बूढी खोला किनारको धान खेतमा शरीरको आधा भाग डढेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

शुक्रबारदेखि बेपत्ता भएका इन्ताजको परिवारले शनिबार साँझ प्रहरीलाई जानकारी गराएपछि उनको खोज तलास शुरु गरिएको थियो । घटनाका विषयमा अनुसन्धान भइरहेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद फुयालले जानकारी दिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?