काठमाडौं । काठमाडौंको पुतलीसडकमा मंगलवार (आज) बिहान मोटरसाइकलको ठक्कर पैदलयात्रीको मृत्यु भएको छ ।
ध१प ४३४८ नम्बरको मोटरसाइकलले आज बिहान ५ बजे अन्दाजी ५५ बर्षीय पुरुषलाई ठक्कर दिएको हो ।
ठक्करबाट गम्भिर घाइते भएका उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा बिहान ६ बजे मृत्यु भएको हो ।
मृत्तकको सनाखत हुन बाँकी रहेको छ ।
मोटरसाइकल चालकलाई महानगरिय प्रहरी वृत्त सिंहदरवारले नियन्त्रणमा लिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया