कञ्चनपुर घटना बारे प्रहरी प्रवक्ताको जवाफ: “एउटा प्रहरीलाई बचाउन सिंगो प्रहरी बदनाम हुँदैन्”

कञ्चनपुर । नेपाल प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै नागरिकको सुरक्षाका लागि प्रहरी प्रतिवद्ध भएको बताएका छन् । 

चाडपर्वको बेला हुन सक्ने संभावित घटनाहरुलाई रोक्न प्रहरी संयन्त्रलाई निर्देशन दिइसकेकोपनि उनले बताए । विशेषगरी चाडपर्वको बेला सर्वसाधारणको यात्राको सुरुक्षाका लागि ट्राफिक प्रहरीलाई बेग्लै सुरक्षा योजना बनाउन निर्देशन दिइसकेको बताए । त्यस्तै जुवातास र मद्यपान सेवन गर्दा हुन सक्ने विविध घटनाहरुलाई न्युनिकरण गर्न पनि थप प्रहरीपरिचालन गरिने जानकारी दिए । 

दशैँ तिहारमा भ्याली भित्र प्रत्येक चोकहरुमा ७०÷८० ओटा मोटरसाइकल खटाएर नागरिकलाई सुरक्षाको प्रत्याभुती दिलाइने प्रवक्ता क्षेत्रीको भनाई छ । पछिल्लो समय केहि घटनाहरुले गर्दा प्रहरीको विश्वसनियता माथि प्रश्न उठेको भन्दै आफुहरु प्रहरी माथि लागेको आरोपलाई गलत प्रमाणित गर्न प्रतिवद्ध रहेका बताए । 

साथै एउटा प्रहरीलाई बचानउ सिंगो प्रहरी कहिल्यै बदनाम नहुने भन्दै दोषी जो भए पनि नियम अनुशार कार्वाही गरिने बताए । कंञ्चनपुर घटनाको विषयलाई उठाउँदै प्रवक्ता क्षेत्रीले दोषी छिट्टै कानुनको दायरामा आउने बताए । साथै कंञ्चनपुर घटनामा जुनसुकै ब्यक्ति दोषी ठहर भए पनि कार्वाही गर्नुपर्छ भन्ने कुरामा प्रहरी संगठन प्रतिवद्ध भएको बताए । 

पछिल्लो केहि महिनामा एक हजार चार सय ८० ओटा बलात्कारका घटना मध्य एक हजार तीन सय ६६ ओटा घटनामा सफलता पाएको बताए । आफुहरुले ९० प्रतिशत भन्दा बढी बलात्कार जन्य घटनामा सफलता पाएको तर केहि घटनाले गर्दा प्रहरीले गरेका अन्य राम्रो काम पनि ओझेलमा परेको पनि उल्लेख गरे। बलात्कार जन्य घटना न्युनिकरणका लागि प्रहरी गम्भिर भएको पनि प्रवक्ता क्षेत्रीको भनाई छ । कंञ्चनपुर घटनाको सत्यतथ्य, वैज्ञानिक, निष्पक्ष र नजिजामुखी अनुसन्धानका लागि प्रहरी प्रतिवद्ध रहेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?