पोखरामा प्रयोगविहीन सामानहरु संकलन गर्ने एक युवकको हत्या

पोखरा । पोखराको पालिखेचोकमा एक युवाको हत्या भएको छ ।

प्रयोगविहीन सामानहरु संकलनको काम गर्दै आइरहेका राजकुमार नाम गरेका युवाको हत्या भएको हो । उनको थर र ठेगाना भने खुलेको छैन । 

प्रहरीका अनुसार हत्या भएको युवकको  टाउको र खुट्टामा गम्भीर चोट रहेको छ । धारिलो हतियार प्रयोग गरि हत्या भएको आशंका गरिएको छ । 

 स्थानीयले युवालाई मृत अवस्थामा भेटेपछि बिहान प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै  घटनास्थलमा  पुगेको  प्रहरीले अनुसन्धान पनि अघि बढाइसकेको छ । 

मृतकसँगै काम गर्ने युवाहरुले हत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?