बनेपामा प्रहरी र स्थानीयबीच झडप, ३ सेल अश्रुग्यास प्रहार

बनेपा । बनेपा नगरपालिकाले अरनिको राजमार्गमा स्थानीयबासिन्दा र प्रहरीबीच झडप भएको छ । 

बनेपा नगरपालिकाले अरनिको राजमार्ग अतिक्रमण गरेर बनाइएका अनधिकृत घरटहरा भत्काउन सूचना जारी गरेपछि साँगामा सृर्जना भएको तनावलाई नियन्त्रण लिन खोज्दा प्रहरी र स्थानीयबासिन्दाबीच झडप भएको हो । झडप नियन्त्रणमा लिन प्रहरीले ३ सेल अश्रुग्यास र लाठीचार्ज समेत प्रहार गरेको छ । 

त्यस्तै, प्रहरीले लाठीचार्ज समेत गरेको छ । 

झडपमा दर्जन बढी घाइते भएका छन् ।

नगरपालिकाले अनधिकृत घरटहरा भत्काउन लागेपछि स्थानीयले राजमार्गमा अवरोध गर्दा तनाव सिर्जना भएको हो ।

राजमार्ग खुलाउन खोज्दा साँगाका घर टहरा सञ्चालक स्थानीय र प्रहरीबीच झडप भएको थियो ।

नगरपालिकाले अरनिको राजमार्गको साँगा चोकदेखि बनेपा चण्डेश्वरी खोलासम्म सडकको दाया बायाँ २५ गज सडक सिमानाभित्र रहेका घर टहरा हटाउन सूचना जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?