पर्वत । पर्वत मोदीगाउँपालिका १ भूक देउरालीमा २२ वर्षीय युवाद्वारा १२ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।
असोज १३ गते शनिबार राति भूक देउरालीमै बस्ने २२ वर्षीय सविन छन्त्यालले १२ वर्षीय बालिका बलात्कार गरी फरार भएका हुन् ।
घरमा बसेर पढ्दै गरेकी बालिकालाई छन्त्यालले बलात्कार गरेको भनेर पीडितका अभिभावकले आइतबार जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएका थिए । प्रहरीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो ।
बलात्कार आरोपी छन्त्याल घटनापछि फरार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार वैदेशिक रोजगारीका लागि विदेश जाने तयारीमा रहेका छन्त्यालको राहदानी रोक्का गरी खोजीकार्य भइरहेको बताए ।
असोज महिनामा मात्रै पर्वतमा तीनजना बालिका बलात्कृत भएका छन् ।
पर्वत जलजला गाउँपालिकामा १० वर्षीय बालकबाट ७ वर्षीया बालिका बलात्कृत भएकी थिइन् भने कुस्मानगरपालिका २ मा पनि २० वर्षीय विनोद नेपालीले १३ वर्षीया बालिका बलात्कार गर्ने प्रयास गरेको आरोपमा पक्राउ परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया