कञ्चनपुर – भीमदत्त नगरपालिका २ बागफांँटाका ४१ वर्षीय दिलीप विष्ट ८ कक्षा पढदादेखि नै मानसिक रूपले अस्वस्थ थिए । निर्मला पन्त हत्या प्रकरणमा प्रहरीले पक्राउ गरेपछि उनको स्वास्थ्य झन् बिग्रिएको छ ।
हिरासतमा यातना दिइएकाले उनी मानसिक रूपमा झन् कमजोर भएको परिवारजनले जनाएका छन् । २५ दिन हिरासतमा राखिएका विष्ट डीएनए परीक्षणमा निर्दोष देखिएपछि मुक्त गरिएका थिए ।
दाजु खडकका अनुसार अहिले उनी नयाँ मान्छे देख्नेबित्तिकै डराउँछन् । सुतिरहेका बेला पनि ‘कुटिहाल्यो, मारिहाल्यो, बचाऊ–बचाऊ’ भन्दै चिच्याउँछन् । ‘पहिलेदेखि नै अस्वस्थ थियो, अहिले झन् बिग्रिएको छ,’ उनले भने, ‘घरकै मान्छे देख्दा पनि डराउँछ, भाग्छ ।’
प्रहरीले पक्राउ गर्नुअघिसम्म दिलीप एक्लै महेन्द्रनगर बजार आउजाउ गर्थे । अहिले घरबाट बाहिरै निस्किँदैनन् । स्वभाव एकोहोरो भएको छ । नुहाउन थाले दिनभरि नुहाइराख्छन् । दांँत माझ्न थाले लामो समय त्यही गरिराख्छन् । प्रहरीले भदौ ४ गते दिलीपलाई मुख्य आरोपीका रूपमा सार्वजनिक गरेको थियो ।
अाजकाे कान्तिपुर दैनिकले खबर छापेकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया