चितवन । कावासोती नगरपालिका वडा नम्बर ९ डण्डा बजारकी २७ वर्षीया बसन्ती परियारको उपचार निःशुल्क हुने भएको छ ।
असोज ८ गते एसिड र चक्कु प्रहारबाट गम्भीर घाइते भएकी नवलपरासीकी बसन्ती परियारको उपचार चितवनको भरतपुर अस्पतालले निःशुल्क गरिदिने घोषणा गरेको हो ।
यही असोज ८ गते साँझ परियारलाई छिमेकी विमल शिर्पालीले एसिड र चक्कु प्रहार गरि गरेका थिए । आक्रमणबाट गम्भीर घाइते भएकी उनको उपचार चितवनको भरतपुर अस्पतालमा भइरहेको छ ।
भरतपुर अस्पतालको आइसीयुमा उपचारमा गराइरहेकी बसन्तीको उपचारमा अहिलेसम्म एक लाख ३० हजार रुपैयाँ खर्च भइसकेको र सो रकम अस्पतालको सामाजिक सेवा इकाई मार्फत खर्च गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. कृष्ण पौडेलले जानकारी दिए ।
यसअघि भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बसन्तीको उपचारमा कुनै पनि प्रकारको कमी हुन नदिन अस्पताललाई आग्रह गरेकी थिइन् ।
त्यस्तै शनिवार अस्पताल पुगेकी मेयर दाहालले घाइते बसन्तीलाई भेटेकी थिइन् । भेटपछि मेयर दाहालले भनिन्, ‘बसन्तीको उपचारमा लागेको सबै रकम अस्पताल र महानगरपालिका मिलेर व्यहोर्छौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया