पोखरा । नेपालमा दिन प्रतिदिन महिला हिंसाका घटना सार्वजनिक भइरहेकै बेला आमसञ्चार माध्यमले हिंसा नियन्त्रण गर्नुको साटो अश्लीलता झल्काउने साम्रगी प्रकाशन गरेको भन्दै शनिबार पोखरामा विद्यार्थी संगठनले पत्रिका जलाएका छन् ।
अखिल क्रान्तिकारी विद्यार्थी संगठन प्रदेश ४ ले नागरिक राष्ट्रिय दैनिकको साप्ताहिक परिशिष्टांक शुक्रबार साप्ताहिक जलाएर विरोध प्रर्दशन गरेको हो ।
उक्त पत्रिकाको मिडपेज ब्लोअपमा गायिका तथा मोडल लक्ष्मी आचार्यको नग्न बिम्ब झल्किने कुकुर सहितको तस्वीर प्रकाशित भएको थियो ।

समाचार प्रकाशन गर्ने आमसञ्चारका साधनहरुले महिलाहरुलाई बिकाउ वस्तुको रुपमा चित्रित गराइरहेको संगठनका प्रदेश संयोजक क्षितिज सापकोटाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया