डडेल्धुरा । रौतहकी १८ वर्षीया किशोरी सम्झना दासमाथि भएको एसिड प्रहार,कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त र पोखराकी १० वर्षीया बालिका श्रेया सुनुवारको बलात्कारपछि हत्याको खबर सेलाउन नपाउँदै फेरी डडेल्धुरामा १५ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ ।
डडेल्धुला जिल्लाको परसुराम नागरपालिकामा १५ वर्षीया किशोरीमाथि बलात्कार भएको छ ।
परसुराम नागरपालिकी किशोरीलाई स्थानीय २ युवकले बलात्कार गरेका खुलेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । अनन्ते मेला हेरर घर फर्किने क्रममा असोज ९ गते राति किशोरी बलात्कृत भएकी हुन् ।
किशारीलाई बलात्कार गरेको आरोपमा परशुराम नगरपालिका–४, पोखरी बस्ने अन्दाजी २८ वर्षीय वीरबहादुर बोहरा र सोही नगरपालिका–१० कुरमुल्लेका अन्दाजी २३ वर्षीय शिवशंकर जोशी पक्राउ गरेका छन् ।
किशोरीले आफूमाथि सामूहिक बलात्कार भएको जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो ।
डडेल्धुराका प्रवक्ता एवं प्रहरी निरीक्षक खगेन्द्र साउदका अनुसार आरोपीमध्ये बोहरालाई प्रहरीले प्रक्राउ गरी जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा मुद्दा दर्ता गरिसकेको छ भने जोशी फरार छन् ।
घटना असोज ९ गते रातिको भएको थियो । किशोरीले घरपरिवारलाई ढिलो बताएकाले ३ दिनपछि शुक्रबार मात्र प्रहरीमा जाहेरी आएको प्रहरीको भनाई छ ।
पक्राउ परेका बोहराको बारेमा थप अनुसन्धान गर्न जिल्ला अदालत डडेल्धुराबाट १० दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया