निर्मलाका लागि न्याय माग्दै माईतीघरमा प्रदर्शन : ‘गृहमन्त्री के हेर्दै ? बलात्कारीहरु देश घेर्दै’

काठमाडौं । कञ्चनपुरी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्याय माग्दै काठमाडौंमा प्रदर्शन भएको छ । 

पन्तको बलात्कारपछि हत्या घटनाको अध्ययन प्रतिवेदन सार्वजनिक गरि दोषिलाई कारवाहीको माग गदै काठमाडौंको माईतीघर मण्डलामा नागरिक दबाब कार्यक्रम गरिएको हो ।

स्वतः स्फुर्त रुपमा शनिबार राजधानीको माईतिघर मण्डलामा भेला भएका नागरिक अभियन्ताहरुले घटनाको छानविन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।

विरोधमा उत्रिएका उनीहरुले निर्मलाहरुलाई न्याय देउ, सरकार कहाँ चुक्दैछ, बलात्कारीसँग झुक्दैछ, निर्मलालाई देऊ न्याय, नागरिकमाथि भयो अन्यया, गृहमन्त्री के हेर्दै ? बलात्कारीहरु देश घेर्दै, बलात्कारी किन लुकाउँदै सरकार’ लगायतका प्ले कार्ड बोकेका थिए ।

निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या गरिएको थियो । उनको शव भोलिपल्ट बिहान उखु घारीमा भेटिएको थियो । 

निर्मलाको बलात्कारपछि हत्या भएको ६६ दिन पुगि सक्दा पनि अहिलेसम्म अपराधी पत्ता लागेको छैन । 

प्रहरी प्रधान कार्यालयले बलात्कार र हत्याकाण्डमा लापरवाही गरेको भन्दै एसपी डिल्लीराज विष्टसहित केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएका प्रहरी नायव उपरीक्षक (डिएसपी) अंगुर जिसी, कञ्चनपुर प्रहरीका तत्कालीन (डिएसपी) ज्ञानबहादुर सेठी, वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) जगदीश भट्ट, कञ्चनपुर प्रहरीका अनुसन्धान अधिकृत (इन्स्पेक्टर) एकेन्द्र खड्का र अस्थायी प्रहरी चौकी सालघारीका प्रहरी नायव निरीक्षक (सई) रामसिंह धामीलाई निलम्बन गरेको थियो ।

निर्मला पन्तको बलात्कार र हत्या अनुसन्धानमा कञ्चनपुर प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले प्रहरी नायव महानिरीक्षक (डिआईजी) धीरु बस्नेतको नेतृत्वमा नौ सदस्यीय छानविन टोली समेत गठन गरेको थियो । 

यसअघि भदौ १४ गते वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तम सुवेदीको नेतृत्वमा समिति गठन भएको थियो ।

बस्नेतको समितिले  पन्तको हत्याबारे अनुसन्धान शुरु गरिसकेको थियो । 

निलम्बनमा परेका र तत्कालीन समयमा निर्मला पन्त हत्याको अनुसन्धानमा संग्लन सबै दर्जाका प्रहरीलाई हेडक्वार्टरमा बोलाएर बयान लिन शुरु गरिसकेको छ । त्यस्तै, पन्तको हत्याकाण्डको गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली र (सिआइबी)का एसएसपी ठाकुरप्रसाद ज्ञवालीको टोलीले समेत छुट्टाछुट्टै अनुसन्धान गरिरहेको थियो ।  

गत भदौ ७ गते छानबिन गर्न कारागार व्यवस्थापन विभागका महानिर्देशक मैनालीको नेतृत्वमा गठन भएको पाँच सदस्य छानबिन समितिले दुई महिना लामो अनुसन्धानपछि गत मङ्गलबार प्रतिवेदन बुझाएका थिए ।

समितिका संयोजक सह(सचिव हरि मैनाली सहितको समितिले गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएका हुन् । 

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले १५ दिनभित्र अनुसन्धान गरेर प्रतिवेदन बुझाउनु भने पनि अनुसन्धान जटिल बन्दै गएपछि १५ दिन म्याद थप गरिएको थियो ।

समितले बुझाएको प्रतिवेदनमा प्रहरीको अनुसन्धानमा गल्ती भएको निष्कर्ष निकालेको थियो । 

समितिले अहिलेसम्म गरेको छानबिनमा घटना के भएको थियो ? प्रहरीको अनुसन्धान कस्तो देखियो ? एसपी विष्टको नेतृत्वले गरेको अनुसन्धानमा के कमजोरी थियो ? थप अनुसन्धानको लागि सुझाव लगायत विषय लगाएतका प्रतिवेदनमा पेश गरिएको थियो ।  
 

सम्बन्धीत समाचार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?