पर्सा । अज्ञात समूहले वीरगञ्ज महानगरपालिकामा एक व्यक्तिलाई लक्षित गरी चार राउण्ड गोली प्रहार गरेका छन् ।
वीरगञ्ज महानगरपालिका वडानम्बर २ भन्सार रोडमा मदनप्रसाद साहलाई लक्षित गरी शनिबार बिहान दुई बजेतिर गोली प्रहार भएको हो ।
साह एक्लै सुतिरहेका बेला ढोकाको चरबाट हात छिराएर गोली हानिएको जनाइएको छ । गोली नलागेकाले साह सकुशल छन् ।
साह भारत पूर्वीचम्पारण निवासी हुन् । उनी कोइला सम्बन्धी काम गर्ने नबल इन्टरप्राइजेज वीरगञ्जमा म्यानेजरको रुपमा कार्यरत छन् ।
उनलाई गोली कसले हान्यो र किन हान्यो भन्ने खुलेको छैन । तर प्रहरीले घटनाको अनुसन्धान भने सुरु गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया