काठमाडौं–नेपाल र भारतबीच ग्याँस पाइपलाइन विस्तार गर्ने समझदारी भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव र भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्याँसमन्त्री धर्मेन्द्र प्रधानबीच शुक्रबार काठमाडौंमा बसेको दुवै देशको मन्त्रीस्तरीय बैठकले ग्याँस पाइपलाइन विस्तार गर्ने समझदारी गरेको हो ।
आपूर्तिमन्त्री यादवले दुई देशबीचको बैठकमा भारतको गोरखपुरबाट नेपालको सुनौलीमा ग्याँस पाइपलाइन विस्तार गर्न आवश्यक तयारी गर्ने समझदारी भएको जानकारी दिए ।
बैठकपछि भारतका पेट्रोलियम तथा प्राकृतिक ग्याँसमन्त्री प्रधानले ग्याँस पाइपलाइन विस्तारको कामलाई अघि बढाउने विषयमा छलफल सुरु गरिएको जानकारी दिए । उनले मोतिहारी–अमलेखगन्ज पाइपलाइन परियोजनाको काम द्रुतगतिमा भइरहेकामा नेपाल र भारतका अधिकारीले सन्तोष व्यक्त गरेको बताए । उनले पाइपलाइनलाई चितवनसम्म पु¥याउन पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन बनेको जानकारी दिए ।
मन्त्रीस्तरीय बैठकले मोतिहारी–अमलेखगन्ज पेट्रोल पाइपलाइन विस्तारको काम सन्तोषजनक ढंगले अघि बढेको निष्कर्ष पनि निकालेको छ । राजधानी दैनिकमा खब छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया