काठमाडौं । कलंकीको ढुंगेअड्डामा स्थानीयबासिन्दाले प्रदर्शन गरेका छन् ।
कंलकी–नागढुंगा सडक खण्डका स्थानीयबासिन्दाले ढुंगेअड्डामा प्लेडकार्डसहित प्रदर्शन गरेका हुन् । प्रदर्शनका कारण अहिले सो क्षेत्रमा सवारी साधन आवगन बन्द भएको छ । त्यस क्षेत्र भएर उपत्यका भित्रिने र बाहिरिने सर्वजनिक यातायात प्रभावित भएको छ ।
लामो समयसम्म पनि सडक निर्माणको काम नहुँदा घाम लाग्दा धुलो र पानि पर्दा हिलो हुने समस्या झेल्नु परेकाले आन्दोलनमा उत्रिनुपरेको कंलकी–नागढुंगाका स्थानीयबासिन्दा बताउछन् ।
उनीहरुले उक्त सडक खण्ड निर्माणको ठेक्का पाएका ठेकदारलाई कारवाही हुनुपर्ने र सडक निर्माण चाँडो शुरु हुनुपर्ने लगायतका माग अघि सारेका छन् ।
‘बिग्रेरको ९ किलोमिटर सडक पार गर्न १ देखि साढे १ घण्टा लाग्छ । जाम परेका बेला त कहिलेकाहिँ ९ घण्टा नै लाग्छ’ स्थानियबासीले भने ।
अत्याधिक धूलोले यस क्षेत्रमा बस्ने हरेकमा श्वासप्रश्वासमा समेत समस्या आउन थालेकाले प्रदर्शनकारी बताउँछन् । अहिले त्यस क्षेत्रमा स्थानीयको बाक्लो उपस्थितिबीच प्रदर्शन भइरहेको छ भने ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
गत साउन १२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले उक्त सडकको अवलोकन गरेका थिए । अवलोकनका क्रममा मन्त्री महासेठले भदौ १२ गतेसम्म सडक कालोपत्र गरिसक्ने बताएका थिए । तर, असोजको १२ गते हुँदासम्म पनि सडकको कालोपत्रे गर्ने कुनै छाट्काट नदेखिएको स्थानीयको गुनासो छ ।
राजधानीको लाइफलाइन राजमार्गबारे चारैतिर आलोचना हुँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया