काठमाडौं–संघीय संसद्को दोस्रो अधिवेशन २७९ घण्टा ३५ मिनेट बसेर बिहीबार मध्यरातिबाट सकिएको छ । प्रतिनिधिसभा १९३ घण्टा २५ मिनेट र राष्ट्रिय सभा ७९ घण्टा २० मिनेट बैठक बसेको थियो । संयुक्त बैठक ६ घण्टा ५० मिनेट बसेको थियो ।
१३५ दिनको अवधिमा ६९ दिनमा प्रतिनिधिसभाको बैठक ७९ पटक बसेको थियो । २३ वैशाखबाट सुरु भएको दोस्रो अधिवेशनले बजेट ल्याएको थियो । यस्तै, यही अवधिमा मौलिक हकसम्बन्धी सबै कानुन सदनबाट पारित गरेको छ । ७ जेठदेखि ८ असारसम्म संघीय संसद्को संयुक्त सदनको चारपटकमा जम्मा ६ घण्टा ५० मिनेट बैठक बसी बजेट पारित गरेको थियो । प्रतिनिधिसभाले यस अवधिमा ‘प्रतिनिधिसभा नियमावली २०७५’ पारित ग¥यो ।
त्यसैगरी, २६ वैशाखमा यस वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल सुरु भई ३१ वैशाखमा सकिएको थियो । ७ जेठमा राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनको संयुक्त बैठक नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । १३ जेठमा नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित भएको थियो । संवैधानिक व्यवस्थानुसार १५ जेठमा सदनमा बजेट वक्तव्य पेस भयो । विनियोजन विधेयकमाथि २० जेठदेखि १५ असारसम्म छलफल गरी पारित गरिएको थियो ।
यस अधिवेशन अवधिभर प्रतिनिधिसभामा जम्मा २६ वटा विधेयक दर्ता भएका थिए, जसमा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ सम्बन्धित मन्त्रालयबाट फिर्ता भएको थियो । राजधानी दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया