रेबिजबाट मृत्यु भएकाको शव कतारले नपठाउने

काठमाडौं – कतार सरकारले रेबिजबाट मृत्यु भएका मनौरा–९, सिरहाका सन्तोषकुमार पलको शव नेपाल पठाउन नमिल्ने जनाएको छ ।
अगस्ट ६ मा उपचार क्रममा मृत्यु भएका पललाई कतारमै अन्त्येष्टि गर्ने तयारी छ ।
कतारका लागि नेपाली राजदूत रमेश कोइरालाका अनुसार पलको अन्त्येष्टि कतारमै गर्ने सूचना परिवारलाई दिइसकिएको छ । शव प्लास्टिकको खोल ओढाएर अस्पतालमा राखिएकाले हेर्नै नमिल्ने अवस्थामा रहेको कोइरालाले जनाए । गत असार १ गते कतार गएका पल काम गर्नेक्रममा ढलेका थिए । उनलाई कुकुरले टोकेको बारे जानकारी नभएको परिवारजनले बताए । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?