परिषद्मा नक्कली बढुवाको आतंक, अख्तियारकाे चासाे

काठमाडौँ –समाज कल्याण परिषद्मा नियम मिचेर मनपरी बढुवा गरेको पाइएको छ । निजामति सेवा ऐन, २०४९ को दफा २४(घ) विपरीत विभिन्न पदमा बढुवा गरेको पाइएको हो ।

परिषद्को तत्कालीन बोर्डले २०६९ सालमा खरिदारदेखि सहसचिव वा सोसरह रहने निर्देशक पदसम्म एकैपटक ४४ जनालाई बढुुवा गरेको तथ्य अहिले आएर खुलेको हो ।

निजामति सेवामा उक्त ऐनको दफा २४(घ) लगाएर बढुवा गर्न पाउने प्रावधान थियो । उक्त दफाअनुसार हुने बढुवालाई ‘पानी बढुवा’ भनिन्थ्यो । २० वर्षसम्म काम गरेर पनि बढुवा नभएका कर्मचारीलाई एक तह बढुवा गरी सेवा–सुविधा दिई घर पठाउने प्रावधान थियो । तर पछिल्लो संशोधनबाट उक्त प्रावधान हटाइसकिएको छ ।

परिषद्कै कर्मचारी सेवा सर्त नियमावली, २०५० ले पनि जेष्ठताको आधारमा कर्मचारीबाटै कायममुकायम निर्देशक बनाउन सकिने व्यवस्था गरेको भए पनि उक्त पद ६ महिनासम्म रहने व्यवस्था छ । तर उक्त नियमावली विपरीत कामु पद २ वर्षसम्म कायम गरेको रहस्य खुलेको छ ।

‘नियमअनुसार कामु पद ६ महिनासम्मलाई मात्रै हो । तर उहाँहरु त कामु भएकै २ वर्ष भैसक्यो ।,’ परिषद स्रोतले दावी ग¥यो ।

उक्त स्रोतका अनुसार शाखा अधिकृत सरहका सहायक निर्देशकहरू हरि तिवारी, प्रल्लाद पन्त, भगवती संग्रौला, शिव बस्नेत, दुर्गा भट्टराई, रामराज भट्टराई, दिपेन्द्र पन्त र सञ्जय मल्लिक गरी ८ जनालाई तिनै ४४ जनामध्येबाट उपसचिवसरहको तलव, सेवा–सुविधा पाउने गरी उपनिर्देशकमा बढुवा गरिएको छ । अाजकाे नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?