काठमाडौं । विषाक्त रक्सीका कारण मलेसियामा मृत्यु भएका १० जना नेपालीमध्ये २ जनाको शव नेपाल ल्याइएको छ ।
विषाक्त रक्सीका कारण ज्यान गुमाउने १० जनामध्ये सर्लाहीका आइतसिंह गोले र नवलपरासीका दुर्गासिंह रानाको शव बिहीबार दिउँसो १२ बजे थाइ एयरमार्फत नेपाल ल्याइएको हो । त्यहाँस्थित नेपाली दूतावासले समन्वय नगरिदिँदा मलेसियाबाट शव ल्याउन समस्या भएको नेपालीहरु बताउँछन् ।
विषाक्त रक्सीका कारण पछिल्लोपटक इलामका विमल कार्कीको ज्यान गएपछि मृत्यु हुनेको सङ्ख्या १० पुगेको हो ।
विषाक्त रक्सि सेवन गरेका सर्लाहीका शेरबहादुर ठकुरी, ठेगाना नखुलेका शुकुबल घिसिङ, नवलपरासीका दुर्गा सिंह राना, धादिङका मिमबहादुर घले, रुपन्देहीका रामकुमार यादव, डढेलधुराका विशाल बुढाथोकी, सुनसरीका सञ्जय उराव, इलामका बलबहादुर कुलुङ र सर्लाहीका आइतसिंह गोलेको ज्यान गएको हो ।
रक्सी सेवन गरेका ९ जना नेपालीको मलेसियामा नै उपचार भइरहेको छ ।
सम्बन्धित समाचार
-
मलेसियामा विषाक्त मदिरा सेवनबाट थप एक नेपालीको मृत्यु
-
मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या ८ पुग्यो, ४ को अवस्था अझै गम्भीर
-
मलेसियामा विषाक्त मदिरा सेवनबाट थप दुईको मृत्यु
-
मलेसियामा विषाक्त मदिराको सेवनबाट मृत्यु हुनेमा ६ नेपाली
-
मलेसियामा विषाक्त रक्सीका कारण मृत्यु हुनेमा नेपालीको संख्या १० पुग्यो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया