काठमाडौं– गोविन्द केसीले संसद्मा विचाराधीन चिकित्सा शिक्षा विधेयक संसदको चालु अधिवेशनबाटै पारित नभए १६ औं अनशन बस्ने चेतावनी दिएका छन् ।
संसदको चालु अधिवेशनबाट विधेयक पारित नहुने संसदको स्वास्थ्य तथा शिक्षासम्बन्धी समितिका सभापतिको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै केसीले पुनस् अनशन बस्ने चेतावनी दिएका हुन् ।
उनले अब हुने सत्याग्रह चिकित्सा शिक्षा र सेवा मात्र नभई कुशासन गर्ने सबैविरुद्घको लडाइँ हुने बताए । ‘चालु अधिवेशन लम्ब्याएर वा जसरी होस् चिकित्सा शिक्षा विधेयक पारित भएन भने म १६ औं अनशन गर्न बाध्य हुनेछु,’ केसीले भने, ‘भोलि (बिहीबार) संसद् अधिवेशन अन्त्य गर्ने खेल हुँदै छ । चिकित्सा विधेयक पारित नगर्ने षड्यन्त्र भयो ।’ उनले आफूसँग गरेको सम्झौता कार्यान्वयन गर्न सरकार उदासीन रहेको आरोपसमेत लगाए । आफ्नो स्वार्थ पूरा नहुने भएपछि विधेयक तुहाउने र अलमल्याइराख्ने षड्यन्त्र संसद्मा सुरु भएको उनले दाबी गरे । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया