संसदमा गगन थापाको प्रश्न, बुढीगण्डकी चीनलाई किन दिने ?

काठमाडौं। नेपाली कांग्रेसका सांसद गगन थापाले बुढीगण्डकी जलविद्युत आयोजना चाइना गेजुवा ग्रुप अफ कम्पनीलाई दिन किन मरिहत्ते गरेको भनी सरकारलाई प्रश्न गरेका छन् । बुधबारको संसदमा बैठकको विशेष समयमा उनले प्रतिस्पर्धा गराएर योग्य कम्पनी छनोट गर्नुपर्नेमा किन गेजुवालाई नै दिन मरिहत्ते गरेको भनी प्रश्न गरेका हुन् ।

‘यहाँ प्रश्न चिनियाँ सरकारको लगानी होइन प्रश्न चिनियाँ कम्पनीको होइन, कसैले झुक्याउने प्रयास नगरोस्, ऋण चीनसँगै लिए हुन्न, आयोजना चिनियाँ कम्पनीलाई नै दिए हुन्छ प्रतिस्पर्धामा छनोट हुन्छ भने’ उनले भने ‘प्रश्न प्रतिस्पर्धा किन नगराएको भन्ने हो ? प्रश्न, आफै ऋण लिन सक्ने हुँदाहुँदै सरकारले निरिहता प्रस्तुत गरेर ऋण तिमी नै ल्याइदेऊ भनेर त्यो मोडालिटीमा सम्झौता किन गरेको भन्ने हो । त्यो भन्दा पनि ठूलो प्रश्न यही कम्पनीलाई दिन यत्रो मरिहत्ते किन भन्ने हो ।’ बुढीगण्डकी आयोजना गेजुवालाई दिन केपी शर्मा ओली अघिल्लो पटक प्रधानमन्त्रीबाट राजीनामा दिएपछि बालुवाटारबाट निर्देशन दिएको र पुष्पकमल दाहाल नेतृत्वको सरकारले सम्झौता नै गरेको थापाले बताए । राजधानी दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?